काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै १७२ संक्रमित थपिए



काठमाडौं, साउन ३२ । काठमाडौं उपत्यकामा आइतबार एकै दिन अहिलेसम्मकै धेरै १७२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये काठमाडौंका १२६ जना,ललितपुरका ३८ जना र भक्तपुरका ८ जना रहेका छन् । यससंगै देशभर ६ सय ४१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो दिन यता उपत्यकामा कोरोनाको जोखिम बढ्दै गएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १२ हजार २ सय ४७ जनाको पिसीआर परिक्षणमा   ६ सय ४१ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यस्तै बितेको २४ घन्टामा १३४ जना कोरोना संक्रमण मुक्त भएका छन् । आइतबारसम्म निको भई घर फर्कनेको सख्या १७ हजार ३ सय ३५ पुगेको छ ।देशभर कुल संक्रमितको सख्या २६ हजार ६ सय ६० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्