नेपालमा कोरोनामुक्त हुनेको संख्या १७ हजार ३ सय पुग्यो



काठमाडौं,भदौ १ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या १७ हजार ३ सय ३५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जोगेश्वर गौतमले आईतबार नियमित पत्रकार सम्मेलनमा बोल्दै  पछिल्लो २४ घण्टामा १ सय ४३ जना संक्रमण मुक्त भए संगै नेपालमा कोरोना मुक्त हुनेको संख्या १७ हजार ३ सय ३५ पुगेको जानकारी दिए ।

नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ३ सय २५ रहेको छ।उनीहरुको देशका विभिन्न अस्पतालमा उपचार भैरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्