अमेरिकाको सिन्सिनाटीमा हिंसा भड्कियो, गोली चल्दा ४ जनाको ज्यान गयो



सिन्सिनाटी १ भदौ । अमेरिकाको सिन्सिनाटीमा आइतबार राति भड्किएको हिंसाका क्रममा गोली चल्दा ४ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार गोली लागेर कम्तीमा १८ जना घाइते भएका छन् ।

स्थानीय समयअनुसार आइतबार राति १२.३० बजे शहरको अभोन्डेलमा गोली लागेर २१ वर्षीय एन्टोनियो ब्लेयरको ज्यान गएको थियो । शहरका अन्य भागमा गोली लागेका अरु तीन जनाको पनि युनिभर्सिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको थियो ।

स्थानीय संचारमाध्यहरुले आपराधिक गिरोहबाट भएका यी घटनाहरु शहरका अलग अलग ठाउँमा भए पनि निकै डरलाग्दो देखिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्