प्रधानमन्त्रीको अहंकार र अकर्मण्यताका कारण कोरोना महामारी फैलियो : गगन थापा



काठमाडौं भदौ २ । नेपाली कांग्रसका सांसद गगन थापाले प्रधानमन्त्रीको अहंकार र अकर्मण्यताका कारण कोरोना भाइरसको महामारी नियन्त्रण बाहिर जान थालेको आरोप लगाएका छन् ।

पूर्व स्वास्थ्य मन्त्री समेत रहेका थापाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई खुला पत्र लेख्दै सबैको साथ, पूर्व तयारी गर्ने समय, स्रोत साधन हुँदाहुँदै पनि प्रधानमन्त्रीको अहंकार, अकर्मण्यता र गैरजिम्मेवारीपनका कारण कोभिड नियन्त्रण बाहिर जान थालेको आरोप लगाएका हुन् ।

उनले अब त केही संवेदनशीलता पलाउँछ कि भन्ने आशाका साथ पुन प्रधानमन्त्रीलाई पत्रमार्फत ध्यानाकर्षण गराएको उल्लेख गरेका छन्।

पत्रमार्फत थापाले कोरोना महामारी रोक्न तत्काल चाल्नुपर्ने कदमबारे पनि प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।

पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्