जापानवासी नेपाली विद्यार्थीहरुलाई छात्रवृत्तिका लागि निवेदन दिन अपील



जापान भदौ ५ । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान क्युस्यु कमिटीले छात्रवृत्तिका लागि निवेदन दिन जापानवासी नेपाली विद्यार्थीहरुलाई अपील गरेको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान र IHNO सँग २०२० जुलाई ३१ तारिखमा भएको सम्झौताअनुसार IHNO ले थप ५० जना जापानवासी नेपाली विद्यार्थीहरुलाई छात्रवृति दिने निर्णय भएको जानकारी गराउँदै क्युस्यु कमिटीले निवेदन दर्ता गर्न शुक्रबार सूचनामार्फत अपील गरेको हो । क्युस्यु कमिटीका संयोजक देवराज उप्रेती र सचिव अर्जुन थापाले संयुक्त रुपमा जारी सूचनाअनुसार अगस्ट २० बिहीबारबाट आवेदन खुला गरिइसकेकोले अब सेप्टेम्बर १५ तारिखसम्म दर्ता गर्न पाइने छ ।

छात्रवृति वितरण कार्य एनआरएनए जापानका उपाध्यक्ष लक्ष्मण बानियाँको नेतृत्वमा गठित समितिले गर्ने समेत सूचनामा उल्लेख छ ।

छात्रवृति निवेदनका लागि IHNO को आवेदन फारम (विद्यालयले सिफारिस गर्ने फारमसहित २ पेज), बैंको खाता नम्बर र खाताको नाम बुझिने पासबुकको फोटोकपी, हस्तलिखित जापानी भाषामा निबन्ध (पढाईका लागि किन जापान रोज्नुभयो ?) शीर्षकमा जापानी भाषा विद्यालयको विद्यार्थी ४०० शब्द र अरुले ८०० शब्द (IHNO ले उपलब्ध गराउने पेपरमा लेख्नु पर्ने) लगायत प्रक्रिया पूरा गर्न भनिएको छ । जसको पूर्ण विवरण क्युस्यु कमिटीको तल दिइएको सूचनामा उल्लेख छ ।

हेर्नुहोस् एनआरएनए जापान क्युस्यु कमिटीले निकालेको सूचना

प्रतिक्रिया दिनुहोस्