एनआरएनए जापानको नवौं वार्षिक साधारसभाको तयारी अन्तिम चरणमा



टोकियो/जापान भदौ ८ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जापानको नवौँ वार्षिक साधारसभाको तयारी अन्तिम चरणमा पुगेको छ। साधरणसभा यही सेप्टेम्बर १९ तारिख क्युस्युको फुकोओका सहरमा सम्पन्न हुँदैछ ।

एनआरएनए जापानका केन्द्रीय उपाध्यक्ष लक्ष्मण बानियाँका अनुसार कोभिड-१९ को यस्तो महामारीको समयमा, मानिसहरुको ठूलो जमघट हुने कार्यक्रमहरू नगरेको राम्रो हुने धरणाहरु आइरहेको भए तापनि सामाजिक दुरी क़ायम गरेर ज्वरो तथा लक्षणहरुको जाँच गरी उच्च सतर्कता अपनाउँदै साधारणसभा गर्ने तयारी छ । उपाध्यक्ष बानियाँले भने-‘आदरणीय अग्रजहरू एवं सम्पूर्ण अभियन्ता तथा सरोकारवाला पक्षहरुलाई उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ । आउनुहोस् उच्च सतर्कताका साथ साधरण सभामा सहभागी बनौँ । यद्यपि जापान सरकारले कुनै खालको सभा, सम्मेलन वा भेला जस्ता कार्यक्रम गर्न निषेधाज्ञा जारी गरेको अबस्थामा भने हामी जापान सरकार ले तोकेको नियमको पालना गर्नेछौं ।’

‘कोरोना निर्मुल भएर गरौंला भन्ने कुरा तत्काललाई अनिश्चित भएकाले उच्च सतर्कता अप्नाउँदै आफ्ना दैनिकी तथा नियमित कार्य र ज़िम्मेवारी बहन गर्नुको विकल्प छैन । त्यसैले उच्च सतर्कताका साथ साधरण सभामा सहभागी हुनका लागि अनुरोध गर्दछु’अध्यक्ष देविलाल भण्डारीले भने ।

प्रतिक्रिया दिनुहोस्