नेकपा सचिवालय बैठक भदौ १३ गतेका लागि बोलाइयो, कार्यदलको प्रतिवेदनमा छलफल हुने



काठमाडौँ भदौ ९ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक भदौ १३ गतेका लागि बोलाइएको छ ।

नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टीको सचिवालय बैठक भदौ १३ गतेलाई बोलाउने सहमति भएको हो । पार्टीको आन्तरिक विवाद समाधान गर्नका लागि सुझाव दिन गठित कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल गर्न मंगलबार दुई अध्यक्षको बैठक बसेको थियो । उक्त बैठकमा प्रतिवेदनबारे छलफल हुने गरी १३ भदौमा सचिवालय बैठक बताउने सहमति बनेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापाले भने, ‘पार्टीका दुई अध्यक्षबीचको दुई घण्टा लामो छलफल सकिएको छ । भदौ १३ गते ११ बजे पार्टी सचिवालयको बैठक बोलाउने सहमति ।,’ उनका अनुसार दुई अध्यक्षबीच पनि प्रतिवेदनमाथि पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्