रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापालाई पनि कोरोनाको आशंका



काठमाडौं भदौ १२ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापालाई कोरोना संक्रमणको आशंका गरिएको छ । दुवै जनामा कोरोनाको आशंका बढेपछि शुक्रबारदेखि होम आइसोलेसनमा बसेका छन् ।

कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर सीसीएमसीको बैठकमा चिया पुर्याउने एकजनामा कोरोना देखिएपछि दुुई मन्त्रीलाई पनि कोरोनाको आशंका गरिएको हो । सीसीएमसीको बैठकमा सहभागी अरु मन्त्रीलाई पनि कोरोनाको आशंका छ । तर यी दुई मन्त्री चिया पुर्याउने ती व्यक्तिसँग नजिक रहेकाले घरमै बसेका हुन् ।

शुक्रबार मात्रै अर्बपति बिनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपालका उच्च पदस्थमा पनि कोरोना देखिन थालेकोपछि सन्त्रास बढेको छ ।

प्रतिक्रिया दिनुहोस्