पार्टी अध्यक्ष दुई जना हुन्छ, प्रधानमन्त्री दुई जना हुँदैन : प्रधानमन्त्री ओली



काठमाडौं भदौ १३ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा दुई जना अध्यक्ष भएजस्तै प्रधानमन्त्री दुई जना नहुने बताएका छन् ।

शनिबार साँझ प्राइम टाइम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले भने ‘अहिलेको व्यवस्था बुझ्न सक्नुपर्छ, पार्टीमा अध्यक्षमण्डल हुन्छ, दुई जना अध्यक्ष हुन्छ’ ‘तर सरकारमा प्रधानमन्त्री मण्डल हुँदैन, दुई जना प्रधानमन्त्री वा दुई जना राष्ट्रपति हुँदैन ।’

ओलीले कार्यकारी अधिकरासहित प्रचण्डले पार्टीको जिम्मेवारी सम्हाल्ने र आफुले प्रधानमन्त्रीको हैसितमा सरकारको नेतृत्व गर्ने सहमति भएको बताए।

‘मंसिरमै हामीले एउटा समझदारी गरेका थियौं, बिचमा केही तलमाथि भएपनि हामी त्यसमै छौं’, ओलीले भने, ‘पार्टीमा दुई जना अध्यक्ष छौं, कार्यकारी अध्यक्षका हिसावले मुख्यत सहमतकिा आधारमा पार्टी सञ्चालन गर्नुहुन्छ, म पनि उहाँसँग सरसल्लाह गरेर प्रधानमन्त्रीको अथोरिटीसहित सरकार चलाउँछु।’ प्रधानमन्त्री ओलीले सहमतिमै पार्टीको महाधिवेशन हुने बताए ।

प्रतिक्रिया दिनुहोस्