भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधनबारे नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले भने, ‘एक असल मित्र गुमायौं’



काठमाडौं भदौ १५ । भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधनबारे नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले एक असल मित्र गुमाएको बताएका छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीले सोमबार ट्वीट गर्दै मुखर्जीको निधनप्रति दु:ख व्यक्त गरेका छन् । राष्ट्रपति नेपाली जनता, नेपाल सरकार तथा आफ्नो व्यक्तिगततर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकूल परिवारप्रति समवेदना व्यक्त गरेकी छन् । “उहाँको निधनबाट नेपालले एक असल मित्र गुमाएको छ”, ट्विटमा उल्लेख छ ।

यस्तै प्रधानमन्त्री ओलीले दुःखको यस घडीमा भारत सरकार, भारतीय जनता र शोकसंतप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

पूर्वराष्ट्रपति मुखर्जीको निधनबाट नेपालले एक महान् मित्र गुमाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुखर्जीले विभिन्न ओहदामा रहेर नेपाल –भारत सम्बन्ध सुदृढ गर्न पुर्‍याएको योगदानको स्मरण पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्