कोभिड–१९ नियन्त्रणमा जनप्रतिनिधिसमेत समावेश गर्ने सरकारको निर्णय



काठमाडौं भदौ १५ । सरकारले विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका काममा आवश्यक समन्वय र अनुगमनका निम्ति जनप्रतिनिधिहरुसँग अनुरोध गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आइतबारको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई महाव्याधी नियन्त्रणमा समन्वय गर्न अनुरोध गर्ने निर्णय गरेको हो । साथै बैठकले सङ्क्रामक रोग ऐन, २०२० अनुसार गत साउन ४ गतेको जनस्वास्थ्य तथा सुरक्षा पालना गर्ने गरी ‘भदौ १६ गतेदेखि सेवा तथा कार्य सञ्चालन गर्ने’ निर्णय परिमार्जन गर्दै त्यसलाई ‘असोज १ गतेदेखि’ हुने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्