चार घन्टा पछि सर्‍यो सत्तारुढ नेकपाको सचिवालय बैठक



काठमाडौँ भदौ १८ । सत्तारुढ नेकपाको सचिवालय बैठक ४ घन्टा पछि सरेको छ ।

बिहीबार बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो ३ बजेका लागि सरेको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । यसअघि भदौ १३ गतेका लागि तय भएको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि बिहीबारका लागि सारिएको थियो ।

बिहीबारको बैठकमा पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । त्यस्तै बिहीबारको बैठक राष्ट्रिय सभाको रिक्त एक जना मनोनीत सदस्यमा कसलाई लैजाने भन्नेमा केन्द्रित हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्