पदबाट राजीनामा दिने अर्थमन्त्री खतिवडाको घोषणा



काठमाडौं भदौ १९ । अर्थ, सञ्‍चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् ।

मन्त्रिपरिषद्को शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा खतिवडाले शुक्रबार साँझसम्म राजीनामा दिने बताएका एक मन्त्रीले जानकारी दिए । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले हालसम्मको सहयोगका लागि खतिवडालाई धन्यवाद दिएका छन् ।

नेकपाको बिहीबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने जानकारी गराएका थिए । सोही अनुसार सरकारले गौतमको नाम सिफारिस गर्दैछ । खतिवडाको सांसद पद नरहनेपछि मन्त्री पदबाट राजीनामा दिने तरखरमा लागेका हुन् ।

मन्त्रिपरिषद्को बैठक बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर नहुने भन्दै ढुक्क भएर काम गर्न मन्त्रीहरुलाई आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्