एनआरएनए यूकेले सार्वजनिक गर्‍यो बाल चित्रकला प्रतियोगिताको नतिजा



लन्डन भदौ २९ । गैर आवासीय नेपाली संघ (एनआरएनए यूके)ले बाल चित्रकला प्रतियोगिताका विजेताको नाम सार्वजनिक गरेको छ ।

लन्डनमा आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत नतिजा र सहभागी बालबालिकाका चित्रहरुको संग्रह ‘कोपिला’ सार्वजनिक गरिएको हो । नतिजाअनुसार माध्यमिक तहमा प्रथम चितवनकी प्रशंसा घिमिरे, दोश्रो सुरक्षा खरेल, तृतीय वसन्त कँडेल र सुरज खरेलले चौंथो स्थान हासिल गरेका छन् । त्यसैगरि, प्राथमिक तहमा पहिलो स्थान प्राची न्यौपानेले प्राप्त गरेकी छन् भने दोश्रो अनुष्का मानन्धर, तेश्रो रक्षा आचार्य र चौंथो स्वीकृति आचार्य भए ।

प्रतियोगितामा ४६ जना बालबालिकाले सहभागिता जनाएका थिए । इभा सापकोटाले निर्णायकहरुका तर्फबाट सान्त्वना पुरस्कार पाएकी छन् ।

कार्यक्रममा एनआरएनए एसिया प्यासिफिकले गत महिना आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा तृतीय स्थान हासिल गर्ने लन्डन निवासी टिया आचार्यलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो । सो प्रतियोगितामा २९ देशका ६१ प्रतियोगी थिए ।

कडाउनका कारण विद्यालय बन्द भएर घरमै रोकिन वाध्य यूकेका बालबालिकालाई रचनात्मक कार्यमा सहभागी गराउन प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्