नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्यमा सिफारिस



काठमाडौं भदौ २९। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनीतका लागि सिफारिस भएका छन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । राष्ट्रिय सभाबाट सदस्यको हैसियतमा अर्थमन्त्री बनेका युवराज खतिवडाको दुई वर्षे कार्यकाल सकिएपछि रिक्त पदमा गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन लागेको हो ।

लामो समयको विवादपछि गौतमलाई १८ भदौमा बसेको नेकपा बैठकले राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

गौतम र नारायणकाजी श्रेष्ठ लगायत पराजित नेतृत्वलाई राष्ट्रिय सभामा लगिएको भन्दै निकै आलोचना भाइरहेको छ ।

यस्तै सरकारले आन्तरिक उडान र लामो दूरीको सार्वजनिक सवारी साधन असोज ५ गतेबाट संचालन गर्न दिने निर्णय गरेको छ

मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस संक्रमण बढिरहे पनि यातायात र हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्