कोरोना संक्रमित कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना, निमोनियाको आशंका



काठमाडौँ भदौ ३१ । कोरोना भाइरस संक्रमणपछि होम आइसोलसनमा बसेका कांग्रेस महामन्त्री शशांक कोइरालालाई अस्पताल भर्ना गरिएको छ ।

निमोनियाको शंका लागेपछि मंगलबार साँझ ८ बजे चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको हो । कोइरालालाई माइल्ड खालको निमोनिया र ज्वरो देखिएको अस्पतालका प्रवक्ता विनोद अधिकारीलाई उद्धृत् गर्दै कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा पीसीआर परीक्षण गराउँदा कांग्रेस महामन्त्री कोइरालालाई भदौ २३ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्