कांग्रेस सभापति होम आइसोलेसनमा



काठमाडौं असोज १ । कांग्रेस सभापति शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन् ।

देउवाको निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना देखिएसँगै देउवा होम आइसोलेसनमा बसेका हुन् । देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार ती संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । सभापति देउवाको शुक्रबार स्वाब परीक्षण गरिने स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

देउवा होम आइसोलेसनमा बसेसँगै बिहीबारका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्ष दलबीचको छलफल पनि स्थगित भएको कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए । देउवाको कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्र बैठक बस्ने लेखकले बताए ।

प्रतिक्रिया दिनुहोस्