अस्पतालबाट कांग्रेस महामन्त्री कोइरालाले भने, ‘दुई/तीन दिनपछि डिस्चार्ज हुन्छु’



काठमाडौं असोज १ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफू दुई/तीन दिन अस्पताल बसेर डिस्चार्ज हुने बताएका छन् ।
चाबहिलमा रहेको ओम अस्पतालमा उपचारत महामन्त्री कोइरालाले भिडियो सन्देशमार्फत आफ्नो स्वास्थ्यमा सुधार भइरहेकोले पार्टीका नेता कार्यकर्तासँग शुभचिन्तकहरुलाई चिन्तित नहुन पनि आग्रह गरेका छन्।

‘म कोभिड–१९ बाट प्रभावित भएको व्यक्ति आज ओम नर्सिङ होममा आइसोलेसनमा छु। तपाईंहरुले चिन्ता गर्नुपर्दैन। दुई तीन दिन अझै यहाँ बसेर म डिस्चार्ज हुन्छु । यति नै भनौं भनेर’ उनले भने ।

महामन्त्री कोइरालालाई सोमबार साँझ स्वाब परीक्षणको लागि ह्याम्स अस्पताल दिएकोमा मंगलबार बिहान ११ बजे आएको रिपोर्टमा उनको रिपोर्ट पोजेटिभ आएको थियो। त्यसपछि पुन बिहान स्वाब परीक्षण गरिएको थियो । अर्को रिपोर्टमा पनि उनको नतिजा पोजेटिभ देखिएको हो ।

निमोनियाको शंका लागेपछि मंगलबार साँझ ८ बजे उनलाई चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्