प्रधानमन्त्रीको व्यस्तताले नेकपा सचिवालय बैठक स्थगित



काठमाडौँ असोज २ । संविधान दिवसका विभिन्न कार्यक्रममा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली व्यस्त भएको भन्दै नेकपा सचिवालय बैठक सारिएको छ । बैठक शुक्रबारका लागि तय भएको थियो ।

शुक्रबार ११ बजेका लागि तय भएको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको नेकपा अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । यसअघि पार्टी केन्द्रीय कार्यालय धुम्बाराही र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको सचिवालय बैठक यस पटक भने पेरिसडाँडास्थित कार्यालयमा बस्ने तय भएको थियो ।

शुक्रबारको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक निकायमा रिक्त पदहरुमा नियुक्ति र पार्टी एकीकरणका बाँकी कामहरुबारे छलफल हुने एजेन्डा थिए ।

प्रतिक्रिया दिनुहोस्