ओमन नेपाली राजदूतावासले मनायो संविधान दिवस



ओमान असोज ३ । पाँचौँ संविधान दिवसका अवसरमा नेपाली राजदूतावास ओमानले शुक्रबार अन्तक्रियात्मक श्रव्य दृश्य कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमका सहभागीले संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै संविधानले नेपालीको आत्मसम्मान तथा भावनाको सम्बोधन गरेको बताएको थिए । नेपालबाट सहभागी कलाकारले संविधानलाई केन्द्रमा राखेर मन्तव्य तथा आआफ्नो प्रस्तुति दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै हास्य कलाकार मदनकृष्ण श्रेष्ठले संविधानको भावनाबमोजिम काम गर्दै अगाडि बढ्न सकेमा नेपालीले चाहेको समृद्ध नेपालको लक्ष्य चाँडै प्राप्त हुने बताए । हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागे र कलाकार जीतु नेपालले आफ्नो प्रस्तुतिमार्फत संविधान दिवस एवं राष्ट्रिय दिवसमा सन्देश दिएका थिए ।

र्यक्रममा नेपाली राजदूत शर्मिला पराजुलीले संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरिन् । नेपाल भ्रमण वर्ष २०२० का सद्भावनादूत तथा गायक हाइथम मोहम्मद रफिकले नेपाली गीतसङ्गीतमार्फत नेपाल र नेपालीप्रति सम्मान प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस्