पीसीआर रिपोर्ट पोजिटिभ आए पनि कांग्रेस महामन्त्री कोइराला डिस्चार्ज



काठमाडौँ असोज ३ । कोरोना भाइरस संक्रमणका कारण अस्पताल भर्ना भएका कांग्रेस महामन्त्री शशांक कोइराला शनिबार दिउँसो डिस्चार्ज भएका छन् ।

आफ्नो स्वास्थ्यमा क्रमिक सुधार भएपछि डिस्चार्ज भएको महामन्त्री कोइरालाले फेसबुकमार्फत जानकारी दिएका छन् । कोइराला चिकित्सकको सल्लाहबमोजिम अझै केही दिन होम आइसोलेसनमा बस्नेछन् । शुक्रबार गरिएको पीसीआर रिपोर्ट भने पोजिटिभ नै आएको उनले बताए ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका महामन्त्री कोइराला स्वास्थ्यमा समस्या देखिएपछि भदौ ३१ गते ओम अस्पताल भर्ना भएका थिए । कोइरालालाई नरम खालको निमोनिया र ज्वरो देखिएको अस्पतालले जनाएको थियो ।

कांग्रेस महामन्त्री कोइरालालाई धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा पीसीआर परीक्षण गराउँदा गत भदौ २३ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

महामन्त्री कोइराला कोरोनामुक्त भने भइसकेका छैनन् । १४ दिन काटेपछि असोज ७ गते उनको पीसीआर परीक्षण गरिने उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्