सोमबारका लागि बोलाइएको नेकपा सचिवालय बैठक बसेन



काठमाडौं असोज ५ । सोमबार १ बजे बस्ने तय भएको नेकपाको सचिवालय बैठक तयारी नपुगेको भन्दै भोलि (मंगलबार)सम्मका लागि स्थगित भएको छ ।

सोमबार बस्ने बैठकले मन्त्रिपरिषद पुनर्गठनको मापदण्ड र संवैधानिक निकायमा नियुक्ती लगायतका विषयलाई अन्तिम रुप दिने तय भएको थियो । त्यसैका लागि तयारी नपुगेको भन्दै सचिवालय बैठक मंगलबारका लागि स्थगित गरिएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

आइतबार पूर्वमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले मन्त्रिपरिषद पुनर्गठन र संवैधानिक निकायमा नियुक्तिलगायतका विषयमा छलफल गरेको थियो।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीट गर्दै आजको बैठक भोलि मध्यान्न १२: ३० मा बालुवाटारमा बस्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्