राप्रपाको एकता महाधिवेशन वैशाख २५ मा हुने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले एकता महाधिवेशन आगामी वैशाखमा गर्ने भएको छ। पार्टीको एकता महाधिवेशन ०७८ वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा हुने भएको हो । मंगलबार राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनको मिति तय गरेसँगै वैशाख २५ मा हुने निश्चित भएको हो ।

२०७६ फागुन २४ गते राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त० बीच एकिकरण सम्बन्धि आधार पत्रमा हस्ताक्षर भएको थियो । सोही अनुसार आज राष्ट्रिय प्रजातन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता पनि भएको छ ।

त्यस्तै, तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता गर्दा पेश भएको विधान र प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन २०७४ मा पेश भएको राजनीतिक घोषणापत्रलाई एकिकरण पश्चातको राष्ट्रिय प्रजातन्त्र पार्टीको अन्तरिम विधान र घोषणापत्र कायम गरी त्यसको जानकारी निर्वाचन आयोगमा पठाइएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी संचालनार्थ तयार गरिएको नियमावली, घोषणापत्र र लोगो ९छाप० लाई वैठकले अनुमोदन गरेर निर्वाचन आयोगमा पठाएको छ । साविक राष्ट्रिय प्रजातन्त्र पार्टीको “गाई” अंकित रातो, पहेँलो र निलो रंगको झण्डा एकिकृत पार्टीको झण्डा र पार्टीको चुनाव चिन्ह हलो कायम गर्ने निर्णय भएको छ ।

राप्रपा समूहहरूबीच २४ फागुनमा भएको पार्टी एकीकरणसम्बन्धी लिखित समझदारी भए पनि निर्वाचन चिह्न गाई हुने कि हलो हुने भन्ने विवादका कारण निर्वाचन आयोगमा पार्टी दर्ता नै हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्