‘यो राजाको निरंकुश पञ्चायती शासन हो की ओलीको ‘कमाउनिस्ट’ शासन हो ? बाबुराम भट्टराई



काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले डा. गोविन्द केसीमाथि प्रहरीले गरेको दुर्व्यवहारको विरोध गरेका छन् । जुम्लामा अनसरत डा. केसी मंगलबार काठमाडौं आइपुगे लगत्तै प्रहरीले जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टरमा पुर्‍याएको थियो . केसी त्रिवि शिक्षण अस्पताल जान चाहेका थिए ।

‘यो राजाको निरंकुश पञ्चायती शासन हो की ओलीको ‘कमाउनिस्ट’ शासन हो रु डा। केसीका जनपक्षीय माग पूरा गर्न नसके कमसेकम सत्याग्रहीलाई सम्मान गर्न त सिक १,’ जनता समाजवादी पार्टीका वरिष्ठ नेता समेत रहेका भट्टराईले ट्विटरमा लेखेका छन्, ‘स्वास्थ्य क्षेत्रको सुधारनिम्ति डा।केसीले मात्र लड्नुपर्ने स्थितिको अन्त्य गरौं! ’

डा। केसीले नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमित पहिचान गर्न पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ सुरु गर्नुपर्ने, जनताले गुणस्तरीय स्वास्थ्य उपचार पाउनुपर्ने र विगतमा सरकारले आफूसँग गरेका सम्झौताहरू कार्यान्वयन हुनुपर्ने माग राखेका छन् ।

उनको माग अmभै पनि पुरा हुन सकेको छैन् । सरकारले पनि यसतर्फ त्यति चासो नदिएको कतिपएको भनाइ रहेको छ ।

२९ भदौदेखि जुम्लाको रानीचौरस्थ्ति बाबिरामष्ट मन्दिरमा १९ औं अनसन बसेका केसीको स्वास्थ्यमा समस्या आएपछिकाठमाडौं ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्