कांग्रेस नेता केसीद्वयले टिचिङ पुगेर भेटे अनशनरत डा गोविन्द केसीलाई



काठमाडौं असोज ८ । कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी र नुवाकोट सभापति जगदीश्‍वर नरसिंह केसीले अनशनरत डा गोविन्द केसीलाई भेटेका छन् ।

नेताद्वयले बिहीबार बिहान ११ बजे त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेर डा केसीको स्वास्थ्य अवस्थाबारे जानकाी लिएका हुन् । अनशनरत डा केसीले वीर अस्पतालमा आफूलाई अपहरणको शैलीमा लगिएको बताएका थिए । भेटमा डा केसीको मागबारे आफू र आफ्नो पार्टी प्रस्ट तथा दृढ रहेको नेता अर्जुननरसिंह केसीले बताएका नेविसंघका नेता निरन्जन थापाले जानकारी दिए ।

भेटमा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदार नरसिंह केसी लगायत टिचिङ अस्पताल पुगेका थिए । कांग्रेस नेताद्वय र चिकित्सक संघका पूर्वअध्यक्ष डा केसी दाजुभाइ हुन् ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा जुम्लामा १९ औं सत्याग्रहमा बसेका डा केसीलाई करिब १ हप्ताको अनशनपछि मंगलबार काठमाडौं ल्याइएको हो । बाँकेको नेपालगन्ज हुँदै मंगलबार दिउँसो काठमाडौं ल्याइपुर्‍याएका डा केसीलाई प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएर उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएको थियो ।

तर डा. केसी स्वेच्छाले सोही साँझ ६ बजेर १५ मिनेट जाँदा अस्पतालबाटनिस्किएर महाराजगन्जस्थित शिक्षण अस्पतालको आकस्मिक कक्षमा पुगेर भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्