एनआरएनए जापान क्युस्यु समितिद्वारा शाहीको सक्रियतामा कालीकोटका पहिरोपीडितलाई ७३ हजार २ सय सहयोग



जापान असोज ११ । गैर आवासीय नेपाली संघ जापान क्युस्यु क्षेत्रीय कार्यसमितिले कालीकोटको महाबै गाँउपालिका ३ र ७ नकु गाउँका पहिरो पीडितलाई सहयोग हस्तान्तरण गरेको छ ।

क्युस्यु क्षेत्रीय कार्यसमिति खागोसिमा उपसमिति सह-इन्चार्ज दिपक शाहीको सक्रियतामा ६६,००० येन रकम (नेपाली रुपैयाँ ७३,२००) संकलन गरी कालीकोटको स्थानीय एप्पल मिडिया खबरमार्फत पहिरोपीडितहरुलाई हस्तान्तरण गरिएको हो ।

स्थानीय मिडिया एप्पल खबरको समन्वयमा कालिकोटोमहावै गाउँपालिका ३ नकुगाउँ र सोही गापा ७ राम्‍नीमा ज्यान गुमाएका र अन्य गरी १७ परिवारलाई सो रकमबाट ५० किलोको दरले चामल, ३ किलो दाल, तेल नुन, चिनी र सरसफाईका सामग्री वितरण गरिएको हो । एप्पल खबरका सञ्‍चालक रविन्द्र शाहीका अनुसार मृतक बाहेकका परिवारलाई २५ केजीका दरले चामल, ३ केजी दाल, तेल, चिनी, नुन लगायत सरसफाईका सामग्री वितरण गरिएको उनले बताए ।

अविरल वर्षाका कारण कालीकोटको महाबै गाउँपालिका ३ नकु गाँउमा पहिरोमा घर पुरिएर धेरै जनधनको क्षति भएको भएको थियो । पहिरोका कारण मृत्यु हुनेहरुप्रति गैर आवासीय नेपाली संघ क्युस्यु समितिले हार्दिक श्रद्धाञ्‍जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको संयोजक देवराज उप्रेती र सचिव अर्जुन थापाले सेप्टेम्बर २३ मा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि एनआरएनए जापान क्युस्यु समितिले सिन्धुपाल्चोक लगायत जिल्लाका प्राकृतिक प्रकोपपीडित र अन्य असहायहरुलाई समेत निरन्तर सहयोग गर्दै आएको छ ।

कालीकोटका पहिरोपीडितका लागि सहयोगदाताहरु

  1. दिपक शाही 10,000 येन
  2. अनिल शाही 10,000 येन
  3. चिरनजङ शाही 10,000 येन
  4. दिपक चौलागाई 5,000 येन
  5. कृष्ण मैनाली 5,000 येन
  6. अभी भुजेल 5,000 येन
  7. दिपक श्रेष्ठ 5,000 येन
  8. रुसान बिके 3,000 येन
  9. प्रेईज भण्डारी 3,000 येन
  10. बसन्त घर्तिमगर 3,000येन
  11. 11.सन्तोष नकर्मी 2,000 येन
  12. देवराज उप्रेती 2,000 येन
  13. रामकृष्ण श्रेष्ठ 1,000 येन
  14. .अर्जुन थापा 1,000 येन
  15. केशब अधिकारी 1,000 येन
    जम्मा 66,000 येन (नेपाली रुपैयाँ ७३,२००)

प्रतिक्रिया दिनुहोस्