कांग्रेसका पौडेल समूहद्वारा केन्द्रीय समितिमा ज्ञापन पत्र दर्ता, विधानविपरीतका निर्णय सच्चाउन माग



काठमाडौँ असोज १२ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले महाधिवेशनलाई प्रभावित पार्न सभापति शेरबहादुर देउवाले विधानविपरीत गरेका निर्णय सच्चाउन माग गरिएका छन् ।

सोमबार दिउँसो पार्टी केन्द्रीय समितिमा ज्ञापनपत्र दर्ता गराउँदै पौडेल समूहले पार्टीलाई विधानसम्मत रुपमा सञ्‍चालन गरी आगामी महाधिवेशन स्वच्छ र निष्पक्ष वातावरण सम्मपन्न गर्ने वातावरण बनाउन माग गरेका हुन् । ज्ञापनपत्र नवीन्द्रराज जोशी, दीपक गिरी, चन्द्र भण्डारी, धनराज गुरुङ र जीवन परियारले दर्ता गराएका हुन् ।

सभापति देउवालाई सम्बोधन गरिएको पत्रमा नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादव तथा नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, रामशरण महत, अर्जुननरसिंह केसीलगायत २७ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् । महाधिवेशनको सुनिश्चितता, निश्चितता, विभागहरुको गठन, भातृसंस्थाको निर्वाचन र क्रियाशिल सदस्यता लगायतका विषय यो पत्रमा उल्लेखित छन् । यी विषयहरुमा विरोध गरिरहेको कृष्णप्रसाद सिटौला समूहले भने यसमा हस्ताक्षर गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्