गौतमविरुद्धको मुद्दा संवैधानिक इजलासमा
काठमाडौं असोज १४ । सत्तारुढ नेकपा उपाध्यक्ष वामदेव गौतमविरुद्धको मुद्दाका लागि संवैधानिक इजलास गठन भएको छ ।
गौतमको मुद्दा संवैधानिक इजलासमा पेसी तोकिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलास गठन भएको हो । इजलाशमा गौतमको मुद्दा पहिलो नम्वरमा रहेको छ ।
यसअघि एकल इजलाशले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्दै संवैधानिक इजलासमा पठाएको थियो। न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलाशले गौतमलाई अन्य संवैधानिक जिम्मेवारी नदिन भनेको थियो ।
सर्वोच्चको उक्त आदेशपछि गौतम मन्त्री बन्न नपाउने अवस्था आएको थियो । बर्दियाबाट पराजित गौतमलाई नेकपाको आग्रहमा सरकारले राष्ट्रिय सभा सदस्य बनाउन सरकारले राष्ट्रपतिसमक्ष सिफारिक गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनीत गरेपछि गौतमको योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता बद्रिराज भट्ट र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले छुट्टाछुट्टै निवेदन दर्ता गरेका थिए ।