प्रधानमन्त्री ‌‌ओली भन्छन्- ‘सञ्‍चारमाध्यमलाई यसो छोयो भनेदेखि बुरुक्क उफ्रिहाल्ने’



काठमाडौं असोज १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार जगतलाई केही भन्यो भने बुरुक्क उफ्रने प्रवृति रहेको बताएका छन् । बुधबार साँझ केही सञ्चारकर्मीसँगको भेटमा प्रधानमन्त्री ओलीले फेरि एकपटक विभिन्न मिडियासँग गुनासो पोखेका हुन् ।

उनले भने, ‘यो सञ्चार जगत यस्तो हो अरु जसलाई जे भने पनि छुट पाइन्छ । सञ्चार माध्यमलाई अलिकति चिसिक्क भयो भने खपिसक्नु हुँदैन । एकदम सेन्सेटिभ नि ! यसो छोयो भने देखि बुरुक्क उफ्रिहाल्ने । करेन्ट लागेजस्तो ।’

सरकारलाई दिनरात गाली गर्दा सहनुपर्छ भनेर सुझाव दिने सञ्चारमाध्यमले पनि सहने शक्तिको विकास गर्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्