सत्तारुढ नेकपाको सचिवालय बैठक शनिबार



काठमाडौँ असोज १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजदूतलगायतका नियुक्ति एकलौटी गरेको भन्दै विवादित बन्न लागेको सत्तारुढ नेकपाले सचिवालय बैठक बोलाएको छ ।

सचिवालय बैठक शनिबार ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाइएको हो । त्यसअघि शुक्रबार बिहान प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियो ।

प्रधानमन्त्रीले बिहीबार अमेरिकाका लागि राजदूतमा आफ्ना आर्थिक सल्लाहकार तथा पूर्वअर्थमन्त्री युवराज खतिवडालाई सिफारिस गरेका थिए । त्यस्तै, बिहीबारको मन्त्रिपरिषद् बैठकले मुख्यसचिवबाट लोकदर्शन रेग्मीको राजीनामा स्वीकार गर्दै उनलाई बेलायतको राजदूतमा सिफारिस गर्ने निर्णय लिएको थियो । निर्मल विश्वकर्मालाई भने दक्षिण अफ्रिकाको राजदूतमा सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्