सत्तारुढ नेकपाको सचिवालय बैठक सर्‍यो



काठमाडौं असोज १७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शनिबारका लागि बोलाएको सचिवालय बैठक स्थगित भएको छ ।

हालै सरकारले गरेका केही महत्वपूर्ण राजनीतिक नियुक्ति र पार्टीका अन्य विषयमा छलफल गर्न भन्दै बोलाइएको बैठक एजेन्डाको विषयमा थप गृहकार्य गर्नुपर्ने भन्दै स्थगित गरिएको हो । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को सल्लाहमा बैठक स्थगित गरिएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

उनले अर्को बैठक आइतबार बस्ने तय भएको छ । समय भने निर्धारण भइनसकेको उनले बताए । सरकारले गरेको राजनीतिक नियुक्तका विषयमा पार्टीमा केही असन्तुष्टि देखा परेपछि सचिवालय वैठक बोलाइएको थियो ।

यस अगाडि असोज ४ गते बसेको सचिवालयको बैठकमा मन्त्रिपरिषद पुनर्गठनको सैद्धान्तिक विषयमा सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्