प्रधानमन्त्री ओलीका राजनितिक सल्लाहकार रिमाल र प्रेस सल्लाहकार थापालाई कोरोना पुष्टी



काठमाडौं असोज १७ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

रिमालले ट्वीटरमार्फत आफूलाई कोरोना सङ्क्रमण देखिएको जानकारी दिएका छन् । उनले आफूसँग सम्पर्कमा आएका सबैलाई स्वास्थ्यको ख्याल गर्न पनि आग्रह गरेका छन् । यस्तै
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रवार गरिएको स्वाब परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । उनले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिँदै सम्पर्कमा रहेका सबैलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्