प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार र स्वकीय सचिवलाई पनि कोरोना



काठमाडौं असोज १७ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार राजन भट्टराई, र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।

उनीहरुको शुक्रबार गरिएको पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो । चालकदेखि सबैको स्वाब संकलन गरिएको थियो । यो संगै प्रधानमन्त्रीको सचिवालयका चार जनाको कोरोना रिर्पोट पोजेटिभ आएको छ भने केही चालकहरुमा पनि संक्रमण देखिएको छ

यो पटक प्रधानमन्त्री ओलीको परीक्षण गरिएको थिएन । सचिवालयका चार जनालाई देखिएपछि अब उनको पनि परीक्षण हुने बताइएको छ । संक्रमितहरु होम आइसोलेसनमा रहेको र आफूसँग सम्पर्कमा आएका सबैलाई साबधानी अपनाउन अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्