कांग्रेस केन्द्रीय समिति बैठक ५ दिनपछि सारियो, केन्द्रीय कार्यालय सिल



काठमाडौं असोज १८ । कांग्रेसको केन्द्रीय समिति बैठक पाँच दिनपछि सारिएको छ । बिहीबार संकलन गरिएको स्वाबमा केन्द्रीय नेता, सुरक्षाकर्मी तथा कर्मचारीलाई संक्रमण देखिएपछि असोज २४ मा बस्ने गरी बैठक सारिएको हो ।

पार्टीभित्रको विवाद तथा महाधिवेशनको नयाँ मितिका लागि बैठक बोलाइएको हो । पार्टीभित्रको विवादको समाधानका लागि शनिबार करिब १० घन्टा शीर्ष तहका नेताको बैठक बसेको थियो ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले राखेको विरोधपत्रका सम्बन्धमा छलफल भए पनि सहमति हुन भने सकेन । शनिबारको बैठकले सहमति पहिल्याउन नसकेपछि तीनै समूहका शीर्ष नेताको बैठक आइतबारका लागि बोलाइएको थियो । पार्टी नेताहरुलाई संक्रमणको पुष्टि शनिबार साँझ भएपछि आइतबारको बैठक रोकिएको थियो । असोज २२ सम्मका लागि केन्द्रीय कार्यालय सिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्