प्रदेश ५ मा राजधानी र नामको किचलो : सदनमा कांग्रेसको अवरोध



रुपन्देही असोज १९ । सरकारले प्रदेश ५ को राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी राख्न प्रदेशसभामा प्रस्ताव पेस गरेको विरोधमा कांग्रेसले सदनमा अवरोध गरेको छ ।
सोमबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर नाराबाजी गर्दै अवरोध गरेका हुन् । प्रदेश ५ को नामकरण र राजधानीका बारेमा विशेष समितिको प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसले माग गरेको थियो ।

बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसका नेता वीरेन्द्र कनौडियाले सरकारले ल्याएको प्रस्तावको औचित्य पुष्टि गर्न माग गरेका थिए । समिति र विज्ञले दिएको सुझावविपरीत बाहिर सुरक्षा घेरा हालेर संसद्‍मा राजधानीका बारेमा निर्णय गर्न खोज्नु सरकारको तानाशाही प्रवृत्ति भएको कनौडियाले बताए ।

प्रदेश राजधानी र नामको विषयमा सोमबार सदनमा छलफल हुने कार्यसूची रहेको छ । तर कांग्रेस सांसदले बैठकमा अवरोध गरेपछि सभामुख पूर्णबहादुर घर्तीमगरले २ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्