‘अमृत सूर्यमुखी’ तेलमा कुहिएको कीरा र मुसाजस्तो वस्तु भेटियो, बिक्री वितरणमा रोक



सिन्धुपाल्चोक असोज १९ । ‘अमृत सूर्यमुखी’तेलमा कुहिएको कीरा र मुसाजस्तो वस्तु भेटिएपछि मेलम्ची नगरपलिकाले बिक्रीवितरणमा रोक लगाएको छ ।

आइतबार एक स्थानीयवासी तेलको प्याकेटसहित उपस्थित भएपछि नगरपालिकाले थप छानबिन गर्नका लागि बिक्रीमा रोक लगाएको उपप्रमुख भगवती नेपालले जानकारी दिइन् । त्रिवेणी ग्रेपको अन्नपूर्ण भेजिटेबल प्रालि, लिपनीमाल ७ बारामा बनेको तेलको प्याकेटमा यस्तो वस्तु भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस्