नेपाली बजारमा सुनचाँदीको मूल्यमा ८ सय वृद्धि



काठमाडौं असोज २० । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा ८ सय वृद्धि भएको छ ।

छापावाल सुन मंगलबार बढेर तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ । सोमबार तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी मंगलबार तेजावी सुन तोलामा ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य पनि बढेर मंगलबार बढेर तोलामा १२०० रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्