राप्रपाको केन्द्रीय कार्यसमिति विस्तार, ४ सय सदस्य थप



काठमाडौं असोज २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो ३२७ सदस्यीय केन्द्रीय समितिमा नयाँ ४०० सदस्य थप गरी केन्द्रीय कार्य समितिको संख्या ७२७ पुर्‍याएको छ ।

राप्रपाले आइतबार एक विज्ञप्ति निकालेर केन्द्रीय कार्यसमिति विस्तार भएको जानकारी दिएको हो । पार्टीको विधान तथा पार्टी एकीकरण सम्बन्धी आधारपत्र बमोजिम अध्यक्षत्रयको सहमति अनुसार केन्द्रीय कार्यसमिति विस्तार गरिएको राप्रपाले जनाएको छ । एकीकृत पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि पहिलो पटक केन्द्रीय कार्य समितिको विस्तार भएको राप्रपाले जनाएको छ ।

पार्टीले असोज २९ गतेसम्म जिल्लास्तरमा समायोजन सम्पन्न गरिसक्ने बताएको छ । आगामी वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनको तयारीमा लाग्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्