सुन प्रतितोला ६ सय रुपैयाँले घट्यो



काठमाडौं असोज २८ । नेपाली बजारमा बुधबार सुन प्रतितोला ६ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन बुधबार घटेर तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । छापावाल सुन मंगलबार तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन तोलामा ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १२०५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्