शुक्रबार सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँ



काठमाडौं असोज ३० । नेपाली बजारमा शुक्रबार सुन प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले बढेको मूल्य अनुसार शुक्रबार सुन तोलामा कारोबार मूल्य ९४ हजार ९ सय रुपैयाँ निर्धारण भएको जनाएको छ।

बुधबार पुनः तोलामा ६ सय रुपैयाँले घटेर ९४ हजार ५ सय रुपैयाँ प्रतितोला भएको थियो। बिहीबार स्थिर रहेको मूल्य शुक्रबार तोलामा ४ सय रुपैयाँले बढेको छ ।

बिहीबार तोलाको एक हजार २ सय रुपैयाँ भएको चाँदी शुक्रबार घटबढ भएको छैन ।

प्रतिक्रिया दिनुहोस्