सुन तोलामा २ सयले घट्यो



काठमाडौं कात्तिक २ । सुनको मूल्यमा गत शुक्रबारका तुलनामा २ सय रुपैयाँले गिरावट आएको छ । घटेको मूल्य अनुसार आइतबार सुनको कारोबार मूल्य प्रतितोला ९४ हजार ७ सय रूपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

असोज सुरूमा ९६ हजार ६ रूपैयाँ रहेको सुनको मूल्य अन्तिम सातासम्म आइपुग्दा प्रतितोला १ हजार ७ सय रूपैयाँले गिरावट आइसकेको छ।

नेपाली बजारमा आइतबार चाँदीको मूल्य स्थिर छ। गत शुक्रबार १ हजार २ सय रूपैयाँ प्रतितोला भएको थियो।

प्रतिक्रिया दिनुहोस्