कोरोना महामारीले असर पारेका रेशका ड्रिम प्रोजेक्टहरु



अहिले कोरोना भाईरस (कोभिड–१९) को महामारीको कारण हरेक क्षेत्र निकै प्रभावित छ । यसले सिंगो मानव समुदायलाई ठूलो क्षति पु-याइरहेको छ । यसरी हरेक क्षेत्रमा परिरहेको असर सँगसँगै सिनेमा अर्थात् चलचित्र उद्योगमा समेत नराम्ररी प्रभाव परेको छ । कोभिड–१९ का कारण ७ महिना भयो सिनेमा क्षेत्र बन्द भएको हो ।

यस बीचमा न सिनेमा (फिल्म) को सुटिङ भयो न कुनै फिल्म नै बने । बनेका फिल्म पनि रिलिज हुन नपाउँदै लकडाउन भैहाल्यो । अरु क्षेत्र जस्तै फिल्म क्षेत्र पनि पुरै तहसनहस नै भयो । अधिकांश कलाकार, निर्माता, निर्देशक र प्राविधिकहरु कामविहीन बन्न पुगे ।

कोरोनाको महामारीले गर्दा यस्तै असर भोगिरहेका एक कलाकार एवं निर्माता हुन्, रेश मरहट्टा । महामारीको समयमा अभिनेता एवं निर्माता रेशले बनाउँदै गरेका तीन वटा अन्तर्राष्ट्रिय स्तरको फिल्मको काम समेत रोकिन पुग्यो । यी तीन वटै फिल्म विदेशमा सुटिङ गरिएका, विभिन्न भाषामा तयार हुँदै गरेका र विदेशी फिल्म निर्माण कम्पनीसँग सहकार्यमा अघि बढेका थिए । पछिल्लो समय उनी चिनियाँ फिल्म निर्माण कम्पनीसँग सहकार्यमा काम गर्दै थिए तर चीनबाट सुरु भएको कोरोना भाईरसले उनको कामलाई ठूलै असर पा-यो ।

कोभिड–१९ को महामारीको कारणले उनको आगामी फिल्महरु बलिउडको ‘पारानर्मल’ र रेशको आफ्नै लगानीको फिल्म ‘नेशनल ट्रेजर’ यथावतै छ । शान्तकेतन फिल्म्स कम्पनीको ब्यानरमा बनेको ‘पारानर्मल’ लाई बलिउडका चर्चित निर्देशक सञ्जय शर्माले निर्देशन गरेका हुन् ।
उनको यो फिल्म करिब सकिन लागेको थियो तर महामारीले गर्दा सबै कामहरु रोकिए । ‘नेशनल ट्रेजर’ फिल्म स्वीडेन, लण्डन, अमेरिका, नेपाल, भारत गरी छ वटा देशहरुमा सुटिङ भएको थियो । बाँकी सुटिङ चीनमा गर्ने योजना बनाएर चीन पुगेका रेश कोरोना महामारीका कारण बीचमै फर्किनु प-यो । ‘नेशनल ट्रेजर’ लाई चिनियाँ भाषामा डबिङ गरेर अनलाईन स्ट्रिमिङ गर्ने योजना रहेको चिनियाँ निर्माता एवं बितरक ब्यारी चाङले बताएका छन् ।

त्यसैगरी द मुन भर्चु कल्चर मिडिया कम्पनीले रेशलाई लिएर नयाँ फिल्म बनाउने एक वर्षअघि नै नेपाल आएर घोषणा गरेको थियो तर कोरोनाको कारण अहिले यो काम पनि रोकिएको छ ।

को हुन् रेश मरहट्टा ?
रेश मरहट्टा एसियन तथा अमेरिकन कलाकार एवं फिल्म निर्माता हुन् । रेशको परिचय फिल्म क्षेत्रमा मात्रै सीमित छैन । उनी एक उद्यमी व्यवसायी पनि हुन् सँगसँगै उनलाई लेखक, स्तम्भकार र शिक्षकका रुपमा पनि चिनिन्छ । उनले वेभर स्टेट विश्वविद्यालयबाट उच्च सम्मानका साथ स्नातक (ग्राजुयट) अध्ययन गरे । अमेरिकन विश्वविद्यालय र कलेजहरुको बीचमा उनले राष्ट्रपति छात्रवृत्ति पाए र आफ्नो नाम “Who is Who” पुस्तकमा दर्ता समेत गरे । उनी वेभर स्टेट विश्वविद्यालयमा स्टुडेन्ड बडी अफिसर (सेनेटर) को रुपमा छानिए ।

रेशले अमेरिकाको युटाहा राज्यस्थित शिक्षा बोर्डबाट व्यावसायिक शिक्षण अध्यापन लाईसेन्स समेत प्राप्त गरेका छन् । युटाहामा उनले केही वर्ष ईन्ष्टिच्युटहरुमा पढाए । रेश अमेरिकाको फ्लोरिडामा रियल स्टेट हाउजिङ व्यवसायमा लगानी गरेर उद्यमी व्यवसायी बने । रेशले किंग्स युनिभर्सिटी विश्वविद्यालयबाट सन् २०१६ मे ३० तारिखका दिन हिल्टन कन्भेन्सन सेन्टर,मेरिल्याण्ड, बाल्टीमोरमा डक्टरेटको उपाधि पाए ।

रेशलाई सन् २०१५ मा सिंगापुरमा आयोजित एक कार्यक्रममा ईन्डोनेसिया स्थित मेदानका राजाको हातबाट युथ एसिया आईकनबाट सम्मानित गरिएको थियो । उक्त कार्यक्रम टान बेभर्ली, अर्किड कन्ट्री क्लब, सिंगापुरले आयोजना गरेको थियो ।
उनी, नेपालबाट प्रकाशित हुँदै आईरहेको ‘भाइब्स’ र ‘फुड एण्ड वाईन’ जस्ता म्यागजिन पत्रिकामा हेल्थ र फिटनेशका बारे लेख्दै आईरहेका स्तम्भकार लेखक समेत हुन् ।

उनले तीन वटा उपन्यासहरु लेखेका छन् । ती उपन्यासहरु हुन्, “Roots” (one of the untold stories of Asia), “11th Street” (Romantic Thriller) र “T2V, Trip to Vegas” (Suspense Thriller). ‘ट्रिप टु भेगास’ उपन्यास सन् २०१६ मा बाल्टीमोरमा आयोजित एक कार्यक्रममा बिमोचन गरिएको थियो । रेशले युवा सशक्तिकरणको लागि प्रेरक वक्ताको रुपमा विभिन्न देशहरु भ्रमण गरेका छन् । यसअघि उनी स्वीडेनमा बच्चाहरुलाई सिकाईरहेका थिए । उनले सिंगापुर, बंगलादेश, नेपाल, भारत र थाईल्याण्ड जस्ता देशहरुमा हुने ब्युटी प्याजेन्ट्स तथा अन्य रियालिटी शोहरुमा जजको भूमिका निभाएका छन् । रेश मरहट्टाले क्यालिफोर्निया हुँदा तिमुद्वारा निर्देशित फिनिस टिभी सिरियल ‘जुन किटर्स’ मा सहयोगी भूमिकाका साथ आफ्नो अभिनय यात्राको सुरुवात गरे ।

उनले आफ्नो पहिलो मोडलिंग असाईन्मेन्ट आर्टिस्टिक ईमेजिङ एल.एल.सी. मार्फत गरे । जसको फोटोग्राफ्ड ज्यासन मोन्टगोमेरीले साल्ट लेक सिटी युटाहामा गरेका थिए । उनले नेपालको कलिउड यात्रामा सुरुमा दुई वटा फिल्ममा अभिनय गरे, जुन फिल्महरु थिए ‘पिंजडा’ र ‘चाहन्छु म तिमीलाई नै’ । कलिउडको बक्स अफिसमा यी दुई फिल्महरु धेरै हिट भएको थियो ।

उनले अभिनय गरेको पहिलो बलिउड फिल्म ‘दस’ हो । जुन फिल्ममा सलमान खान र सञ्जय दत्त जस्ता चर्चित अभिनेताहरु थिए । यो फिल्मलाई मुकुल आनन्दले निर्देशन गरेका थिए । तर दुर्भाग्य, निर्देशक मुकुल आनन्दको निधन भएकाले यो फिल्म त्यो समयमा रिलिज हुन पाएन । जुन रेशका लागि पनि दुर्भाग्य बन्यो । त्यसपछि रेशको आमाले पनि मास्टर डिग्रीको अध्ययन नसके सम्म फिल्म करियरलाई निरन्तरता दिन अनुमति दिनुभएन ।

ग्य्राजुएसन पछि उनले केही नेपाली फिल्महरुमा मुख्य रोलमा अभिनय गरे । जुन फिल्महरु थिए ‘काठमाण्डु’, ‘मिसन पैसा रिलोडेड–२’, ‘मेरो बेस्ट फ्रेण्ड’, ‘स्वीकार’ र ‘मेरो जीवन साथी’ । यी अधिकांश फिल्महरुले बक्स अफिसमा खासै राम्रो गर्न सकेनन् । तरे ‘मेरो बेस्ट फ्रेण्ड’ र ‘मेरो जीवन साथी’ फिल्मलाई भने दर्शकले धेरै मन पराए । ‘स्वीकार’ भन्ने छोटो फिल्मले अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरुमा भने राम्रो छाप छोड्न सफल भयो ।

यद्दपी केही फिल्म समीक्षकहरु भन्छन्, ‘रेशको चलचित्र छनौट उनको खुबी अनुसार नभएर गलत भयो । हामीलाई लाग्छ उसले धेरै राम्रो गर्न सक्थ्यो तर फिल्म छनौट राम्रो भएन । तैपनि आगामी दिनमा रेशले धेरै राम्रो गर्नेछ भन्ने आशा छ ।’
रेशले आफ्नो कम्पनी भ्वाईस ईन्टरटेनमेन्टको ब्यानरमा ‘च्यालेन्ज’ नामक फिल्म बनाए । तर यो चलचित्र धेरै प्राविधिक समस्याहरुका कारण थियटरमा आउन सकेन । जब पत्रकारहरुले प्रश्न सोधे अनि रेशले भने, ‘यो मेरै गल्तीका कारणले आम दर्शकहरु माझ बाहिर ल्याउन सकिनँ ।’

रेशले फिल्ममा मात्रै होईन विभिन्न विज्ञापनहरुमा समेत अभिनय गरेका छन् । उनले अपार्टमेन्ट एण्ड हाउजिङ, बीमा कम्पनी, अष्ट्रेलियन वाईन, चिया, बिस्कुट, कपडा, पेन्ट्स र तेल कम्पनीका विज्ञापनहरु खेलेका छन् ।
उनले दर्जनौं म्युजिक भिडियोहरुमा समेत अभिनय गरेका छन् । जस्तै, चर्चित -यापर गायक स्व्म््म बुद्धको ‘यो प्रसंग’, र सलिम मर्चेन्टको ‘पागल पागल’ आदि ।

उनको व्यक्तिगत जीवनको कुरा गर्दा रेश अश्मी अधिकारीसँग प्रेम सम्बन्धमा छन् । रेशको ईन्गेजमेन्ट अश्मीसँग भईसकेको छ । अश्मीले सिक्किम मणिपाल युनिभर्सिटीबाट बायो टेक्नोलोजी विषयमा ग्राजुयट गरेकी हुन् । हाल उनी अमेरिकामा पि.एच.डीका लागि अध्ययनरत छिन् । उनीहरु आफ्नो समय विभिन्न देशहरुमा घुम्नका लागि खर्च गरिरहेका छन् । उनीहरुको व्यक्तिगत कुरा सामाजिक सञ्जालमा हामी देख्न सक्छौं ।

नेपाली चलचित्र उद्योगले यस्ता बहुमुखी प्रतिभा भएको कलाकार पाउँदा गर्व गरेको फिल्म क्षेत्रका व्यक्तिहरु बताउँछन् । रेशले आफ्नै बलबुँताले सानो रहेको नेपाली चलचित्र उद्योगको प्रबद्र्धन गरिरहेको भन्दै नेपाली चलचित्रकर्मीहरुले उनको प्रशंसा गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्