सुन तोलामा ८ सय रुपैयाँ बढ्यो



काठमाडौं कात्तिक ५ । सुनको मूल्य बुधबार तोलामा ८ सय रुपैयाँ बढेको छ । बुधबारका लागि सुनको कारोबार मूल्य ९५ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत आइतबारयता सुनको मूल्य ९४ हजार ७ सय रुपैयाँ प्रतितोलामा तीन दिन स्थिर रहेर कारोबार हुँदै आएको थियो। चाँदीको मूल्य पनि अघिल्लो दिनको भन्दा तोलामा ३० रुपैयाँ बढर बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार २ सय ४० रुपैयाँ भएको छ ।

प्रतिक्रिया दिनुहोस्