भारतीय जनता पार्टीका ३ नेताको हत्या



काठमाडौं कात्तिक १४ । भारतको जम्मू काश्मिरमा भारतीय जनता पार्टीका ३ नेताको हत्या भएको छ। दक्षिणी काश्मीरको कुलगाममा बिहीबार राति गोली हानेर भाजपाका नेता फिदा हुसैनसहित ३ जनाको हत्या गरिएको हो ।

मृतक हुसैन कुलगाम भाजपा युवा मोर्चाका महासचिव रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनीसँगै भाजपाका कार्यकर्ता उमर रशीद बेग र अब्देर रशीद बेगको पनि हत्या भएको हो। गोली लागेर एक जनाको घटनास्थलमै र अन्य दुई जनाको अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको बताइएको छ।

द रजिस्टेन्स फ्रन्ट नामक संगठनले आक्रमणको जिम्मेवारी लिएको बताइएको छ। उक्त संगठन लक्सर ए तैयबाको सहयोगी भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्