सुन प्रतितोला ४ सय रुपैयाँले वृद्धि



काठमाडौं कात्तिक १८ । मंगलबार सुनको भाउ तोलामा चार सय रुपैयाँ बढेर ९५ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको भाउ स्थिर थियो भने आइतबार तोलामा ५ सय रुपैयाँ बढेको थियो ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर १ हजार २ सय २० रुपैयाँ कायम भएको छ। सोमबार चाँदी १० रुपैयाँ बढेको थियो ।

मंगलबार सुनको भाउ प्रतिऔंस १ हजार ८ सय ९३ डलर ७२ सेन्ट छ। सोमबार सुन प्रति औंस १ हजार ८ सय ९० डलर ४३ सेन्ट थियो ।

प्रतिक्रिया दिनुहोस्