फेरि बढ्यो सुनको मूल्य



काठमाडौं कात्तिक १९ । नेपाली बजारमा बुधबार फेरि सुनको मूल्य बढेको छ । छापावाल सुन बुधबार तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलामा ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन तोलामा ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको मूल्य बुधबार तोलामा १२०५ रुपैयाँ रहेको छ भने मंगलबार १२१० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्