टर्की भूकम्प : मर्नेको संख्या ११६ पुग्यो



अंकारा कात्तिक १९ । एजिएन समुद्री क्षेत्रमा गत साता गएको विनाशकारी भूकम्पबाट मृत्यु हुनेको संख्या बुधबारसम्ममा ११६ जना पुगेको छ ।

टर्कीका अधिकारीहरुले एजमिर शहरका भत्किएका भवनमा खोज तथा उद्धार कार्य अन्तिम चरणमा पुगेको जनाएका छन् । टर्कीको तेस्रो ठूलो सहर एजमिरमा पीडित दुई जना मारिएका थिए । ग्रीकेली द्वीप सामोसमा दुई किशोरको मृत्यु भएको थियो । टर्कीको विपद तथा आपतकालीन व्यवस्थापन निकायले एजमिरमा १७ मध्ये १५ वटा ठूला भवन नराम्रोसँग भत्किएका र तिनीहरुमा खोज तथा उद्धार कार्य सकिएको जनाएको छ ।

उक्त निकायले एक हजार ३५ जना घाइते भएका र १३७ जना अझै अस्पतालमा उपचार गराइरहेको बताएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकपछि राष्ट्रपति रिसेप तायिप एर्डोगानले अन्तिम क्षणसम्म खोजी र उद्धार कार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उद्धारकर्ताहरुले भूकम्प गएको ९० घण्टापछि भत्किएको घरबाट एक जना ३ वर्षीया बालिकालाई जीविकै उद्धार गर्न सफल भएका थिए ।

अमेरिकी भौगर्भिक सर्भेले भूकम्प ७.० म्याग्नीच्यूडको गएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्