नेपालमा सुनको मूल्य एकैदिन ३४ सयले घट्यो



काठमाडौं कात्तिक २५ । नेपालमा सुनको मूल्य एकैदिन ३४ सयले घटेको छ ।

नेपाली बजारमा सुनको प्रतितोला मूल्य एकैदिन ३ हजार ४ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार ९८ हजार दुई सयमा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार ९४ हजार ८ सय रुपैयाँ आइपुगेको छ ।

यस्तै महासंघले तेजाबी सुनको मूल्य मंगलबारका लागि ९४ हजार तीन सय रुपैयाँ तोकेको छ ।

चाँदीको प्रतितोला मूल्यमा पनि ७० रुपैयाँको गिरावट आएर १२ सय १५ रुपैयाँ भाउ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्