बिहीबार पनि घट्यो सुनको मूल्य



काठमाडौं कात्तिक २७ । बुधबारको भन्दा सुन तोलामा बिहीबार २ सय रुपैयाँले घटेको छ । बिहीबार कारोबार मूल्य प्रतितोला ९४ हजार ७ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार एकै पटक तोलामा ३ हजार ४ सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार तोलामा एक सय रुपैयाँले बढेको थियो। बिहीबार भने पुनः तोलामा २०० रुपैयाँले घटेको हो ।

बिहीबार चाँदीको मूल्य भने स्थिर छ। बुधबार भने तोलामा ५ सय रुपैयाँ बढेर प्रति तोला एक हजार २ सय २० रुपैयाँमा करोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्