कालीकोटका शैक्षिक अभियानकर्मी विष्टको निधन



कालीकोट कात्तिक २८ । कालीकोटका शैक्षिक अभियानकर्मी कालीबाहन विष्टको ६८ वर्षका उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेहका बिरामी विष्टको काठमाडौंमा उपचारका क्रममा शुक्रबार बिहान निधन भएको छोरा रोहनले जानकारी दिए ।

नरहरिनाथ गाउँपालिका – ८ लालु स्थायी घर हुनुभएका विष्टले लामो समय जिल्लाका विभिन्न विद्यालयमा अध्यापन गरेका थिए । उनी कालीकोटमा शिक्षाको ज्योति फैलाउने अग्रणी व्यक्तित्व भएका गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्